मेनुका दोस्रो मिस लुम्बिनी

0
Shares

भैरहवामा सम्पन्न लिम्बुहरूको सौन्दर्य प्रतियोगितामा भैरहवाकै २१ वर्षीया मेनुका खनालले दोस्रो मिस लुम्बिनीको उपाधि चुमेकी छिन्। शुक्रबार भैरहवाको टाइगर प्यालेस रिसोर्टमा ड्रिम्स मिडियाद्वारा सम्पन्न प्रतियोगितामा मेनुकाले मिस ट्यालेन्टसहित ५० हजार रुपियाँका साथ मिस लुम्बिनीको उपाधि चुमेकी हुन्।

२ प्रतियोगितामा बुटवलकी १८ वर्षीया मोनिका भण्डारीले २० हजार रुपियाँसहित फस्ट रनर्सअप र तिलोत्तमा नगरपालिकाकी २१ वर्षीया सीता न्यौपानेले १० हजार रुपियाँसहित सेकेन्ड रनर्सअपको उपाधि जितिन्। त्यसै गरी संगीता काफ्ले मिस पर्सनालिटी डिजर्भिङ, श्रेया रायामाझी बेस्ट वाक, सपना चौधरी मिस फोटोजेनिक, हीरा थापा मिस मल्टिमिडिया र खुस्बु अधिकारी क्षत्री मिस कन्फिडेन्ट भए।

प्रज्ञा तिवारी बरालको कोरियोग्राफीमा सम्पन्न सो प्रतियोगिताको निर्णायकमा नेपाल जेसिसका पूर्व अध्यक्ष अनुपमान सैंजु, मिस नेपाल एसिया प्यासिफिक२०१६ अंशु केसी, अभिनेता एवं मोडल पीयूष कर्ण, मोडल न्यान्सी थापा र पत्रकार एवं फिल्म निर्देशक डब्बु क्षत्री थिए।

प्रदेश ५ का युवतीको व्यक्तित्व विकाससहित उनीहरूको प्रतिभा प्रस्तुतिका लागि गतवर्षबाट मिस लुम्बिनी आयोजना गर्दै आएको आयोजक एवं ड्रिम्स मिडियाका अध्यक्ष प्रकाश दर्लामी मगर (योगेन्द्र) ले बताए।