लहानकाे सुन चाँदी पसलमा बम बिस्फोट, ६ जना घाइते



काठमाडौं । सिरहाको लहान नगरपालिकाका  स्थानीय विकास सारडाको सुन चाँदी पसलमा बम विष्फोट भएको छ । बम विष्फोट हुँदा ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

सारडाको पसलमा सुन किन्न आएका एक युवकले राखेको सामान उनी गएकोे केही समयपछि विष्फोट भएको प्रहरीले जनाएको छ । घटना कसले र किन घटाएको भन्ने केही कारण थाहा नपाइसकेको प्रहरीले बताएको छ ।

घाइतेहरुको सप्तऋषि हस्पिटलमा उपचार भइरहेको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्