कक्षा १० को अन्तिम परीक्षा एसइइ मनाङबाट ४७ जना र खुलातर्फ आठजना परिक्षार्थी



लमजुङ । हिमाल पारीको जिल्ला मनाङबाट ५५ जनाले माध्यामिक शिक्षा परिक्षा दिएका छन् । नियमित तर्फ ४७ जना र खुलातर्फ आठजना परिक्षार्थी रहेको जिल्ला शिक्षा कार्यालय मनाङले जनाएको छ ।

जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीका अनुसार छात्रा २८ छात्र २७ जनाले परिक्षा दिएका छन् । मनाङमा पहिलो दिन शतप्रतिशत विद्यार्थी परिक्षामा सहभागि भएको बताइएको छ । मनाङमा सदरमुकाम चामेस्थित लोकप्रिय माविमा एउटा मात्रै परिक्षा केन्द्रमा तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्