![](https://newsofnepal.com/wp-content/uploads/2018/03/gulab_fire_Ir9koxM2sO.jpg.1000x606_q70_crop-0.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिका नजिकै रहेको सुन्धाराको गुलाब मिठाइ पसलमा आगलागी भएको छ। साँझ उक्त रेष्टुरेण्टमा आगलागी भएको हो । अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भैरहेको छ ।
प्रहरीका अनुसार ७/८ वटा दमकलकाे सहयाेगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ। आगालागीको कारण खुल्न सकेको छैन। आगालागीमा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिबारे विस्तृत विवरण आइसकेको छैन । अहिले सुन्धारामा ट्राफिक जाम छ ।