प्रदेश नम्बर पाँचको प्रादेशिक योजना आयोग गठन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

प्रदेश ५ को प्रादेशिक योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले नेपाल राष्ट्र बैंकका निर्देशक श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रादेशिक योजना आयोगले तत्कालै काम थाल्नेछ ।

आयोगले पहिलो चरणमा प्रदेशभित्र गर्न सकिने विकास निर्माणका संभावनाहरु पहिचान गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन प्राथमिकता दिने बताइएको छ ।