बस दुर्घटना, एकको मृत्यु ११ घाइते



सिर्जना पन्त, बागलुङ ।
बुटवलबाट बागलुङको वुर्तिवाङ आउँदैं गरेको लु १ ख ७४३९ नम्बरको बस ढोरपाटन नगरपालिका–२ गरगरेमा मंगलबार विहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सोमबार साझ बुटवलबाट बुर्तिवाङको लागि छुटेको रात्री बस सडक देखि करिब २५ मिटर तल बडीगाड खोलामा खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय वुर्तिवाङका प्रहरी निरीक्षक कृष्ण रानाले बताउँनुभयो ।

दुर्घटनामा परेर तमानखोला गाउँपालिका–३ कि ८४ वर्षीया कुमारी बुढाको मृत्यु भएको छ । उनको शव घटनास्थलबाट २ सय मिटर तल ढुङगामा च्यापिएको अवस्थामा भेटिएको प्रहरी निरिक्षक रानाले बताउँनुभयो ।

रानाका अनुसार घाइते हुनेमा चालक पाल्पा जिल्ला रिप्तीकोट–५ का ४७ वर्षीय कलबहादुर थापा, उहाँका २१ वर्षीय छोरा बिमल थापा, बागलुङ तमानखोला २ का १९ वर्षीय केसु घर्ती, ढोरपाटन नगरपालिका–८ का ५० वर्षीय नरबहादुर बिक, सोही स्थानका ४५ वर्षीय दुर्गा बहादुर बिक, १८ वर्षीय झकास बिक, भारत रामपुरका ३३ वर्षीय मुस्तेतार अली, सोही स्थानका २२ वर्षीय युवराज खान, ढोरपाटन ८ का १५ वर्षीया चन्द्रमला बिक, २२ वर्षीय सुभाष बिक र ९ वर्षीया आशिका बिक रहनुभएको छ । घाइतेहरुको वुर्तिवाङ प्राथमिक स्वास्थय केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्