कानुन मन्त्रीले गरे पत्रकार सम्मेलनमै सम्पत्ति विवरण सार्वजनिक



नेपाल समाचारपत्र, काठमाडौँ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङमाले सोमबार मन्त्रालयमै पत्रकार सम्मेलनमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
आइतबार मन्त्रालयमा आयोजित योजनता तथा प्राथिमकता सार्वजनिक कार्यक्रममा मन्त्री तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

मन्त्रीहरूले सम्पत्ती विवरण सार्वजनिक गर्न अटेर गरिरहेका पछिल्ला घटनाक्रमलाई चुनौती दिदै अरुलाई पारदर्शी बनाउनका लागि शुरुवात आफैंबाट गर्नुपर्ने भन्दै तामाङले पत्रकार र कर्मचारीमाझ आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

मन्त्री तामाङले आफ्नो नाममा काठमाडौँको पुरानो बानेश्वरमा ६ आना दुई पैसा एक दामको जग्गा , जन्मस्थान सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ मा भूकम्पले भत्किएको घर, ९६५, ३५६१ र ४७८० वर्गमिटर पाखोबारी सम्पत्तिको विवरण सार्वजनिक गरेका छन् ।

साथै तामाङको काठमाडौं महानगरपालिका ९ मा ६ आना जग्गा छ । त्यस्तै मन्त्री तामाङको सम्पत्ति विवरणमा ३० तोला सुन देखाइएको छ । मन्त्री तामाङको बिभिन्न संस्थाको १५ लाख बराबरको शेयर रहेको छ ।आफ्नो नममा भएको एउटा मोटर साइकल र गाडी रहेको समेत उल्लेख गरेका छन् ।

मन्त्री तामाङले आफ्नी श्रीमती उषाकला राईको नाममा मोराङको दुलारीमा ढाई विघा, बेलबारीमा एक विघा, खोटाङमा १०५ रोपनी जग्गा पनि सार्वजनिक गरिएको छ ।

यस्तै उनको सबै गरेर ७० लाख ऋण रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्