उपराष्ट्रपति पदमा पुनः पुनको उम्मेदवारी



नेपाल समाचारपत्र, काठमाडौँ ।
उपराष्ट्रपति पदमा नन्दबहादुर पुन ‘पासाङ’को उम्मेदवारी दर्ता भएको छ । शनिबार संघीय संसद भवन नयाँबानेश्वर पुगेर पुनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ताको लागि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको छ । निर्वाचन भने आगामी ९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

राष्ट्रपति पदमा भने विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्