हेयर स्टाइलिस्ट निल डेभिड कटुवालले भारतको सिलगुढीको सेभोक रोडस्थित सिटी मलमा निल डेभिड स्टाइलो सलुन सञ्चालनमा ल्याएका छन्। उनको फ्रेन्चाइजी मोडलको सलुनको बलिउडमा समेत ख्याति आर्जन गरेका अभिनेता सुनिल थापाले शुभारम्भ गरेका हुन्। एकै दिन सिलगुढीकै प्रधाननगरमा निलकै अर्को फ्रेन्चाइजी शुभारम्भ गरेका सुनिलले भोलिपल्ट मोरङको पथरीमा थप फ्रेन्चाइजी शुभारम्भ गरेका थिए।
‘स–साना टाउन र इन्भेस्टरलाई ध्यानमा राखेर ३ वर्षअघि नै मैले यो खालको कन्सेप्ट र डिजाइन बनाएको थिएँ। यसैलाई पुरानो रूप दिएको हो’, निलले भने– ‘यो अवधारणामा थोरै लगानीमा ३ सयदेखि ५ सय स्क्वायरमा सलुन सञ्चालन गर्न सकिनेछ। आगामी अप्रिलमा यही मोडलमा ललितपुरको कुमारीपाटीमा सलुन सञ्चालनमा ल्याइने जानकारी उनले गराए।











प्रतिक्रिया