खानेपानी समस्या वडापालिका र नेपाली सेनाद्धारा समाधान

0
Shares

धनवीर दाहाल, रुकुम । खानेपानीको चरण समस्या झेल्दै आएका रुकुम पश्चिम अन्र्तगत मुसिकोट नगरपालिका १२ पितिबांगका स्थानीयलाई सो वडाका जनप्रतिनिधि र नेपाली सेनाको देवीदल गणले खानेपानीको व्यवस्था गरेका छन् ।

सडक निमार्ण गर्ने क्रममा खानेपानीको मुहान पुरिएपछि बिगत ६ महिना खानेपानी समस्या हुँदा एक घण्टा हिडेर पितिबांग खोलाबाट स्थानीयले पानी बोक्दै आएका थिए । स्थानीयले खानेपानी मुहान बनाइदिन आग्रह गरेपछि नेपाली सेनाको देवीदल गणले गाँउमै पुगेर खानेपानीको मुहान निमार्ण गरेको देवीदल गण जमदार यमनारायण पौडेलले बताउनुभयो ।

बिगत ६ महिनादेखी खानेपानीको मुहान पुरिएपछि आफुहरु खोलाको पानी बोक्न बाध्य भएकोले वडा पालिका र नेपाली सेनासँग सहयोग मागेको स्थानीय अनिल पुनले बताउनुभयो । मुसिकोट नगरपालिकाको दुर्गम मानिएको वडा नं १२ मा रहेको पानीको समस्या समाधान गर्न आफुहरुले पहल गरेको र थप सहयोगका लागी नेपाली सेनासँग जनशक्ति माग गरेको वडा अध्यक्ष प्रेमबहादुुर पुनले जानकारी दिनुभयो ।

नगरपालिकाले बजेट बिनियोजन गरिसकेको अवस्थामा तत्कालै सो समस्यालाई हल गर्न बजेट नभएपनि दिर्घकालिन रुपमा समस्या समाधान गर्न पहल थालेको मुसिकोट नगरपालिकाले बताएको छ । जनताको घरदैलोमा गएर बिभिन्न काम गर्दै आएको नेपाली सेनाको देवीदल गण सल्ले रुकुमले यस बर्ष पनि उत्कृट काम गरेको छ ।

खानेपानीबाट बन्चीत नागरिकलाई पानी पुर्याउने काम गरेको हुँदा नेपाली सेनाको देवीदल गणको प्रसंशा हुन थालेको छ । प्रमुख सेनानी गणपति पंकज रावललाई स्थानीयबासीले धन्यवाद ज्ञापन गरेका छन् ।