तत्कालिन शसस्त्र जनयुद्धको झल्को दिने खालको गुरिल्ला म्याराथुन

0
Shares

धनवीर दाहाल, रुकुम । रुकुममा पश्चिममा तत्कालिन बिद्रोही माओबादीले थालेको शसस्त्र जनयुद्धको झल्को दिने खालको गुरिल्ला म्याराथुनको आयोजना गरिएको छ ।

सानीभेरी गाउँपालीको आयोजनामा भएकोे ऐतिहाँसिक सानीभेरी– मौराखारा गुरिल्ला म्याराथन २०७४ को उपाधि सानीभेरी ३ का अर्जुन बस्नेतले प्राप्त गरेका छन् । त्यस्तै दोस्रो स्थानमा मुसिकोट नगरपालीका ६ का दुर्गराज बुढा र तेस्रो स्थानमा नौबनी गाउँपालीका प्युठानका दामोदर बुढा रहेका छन् ।

विहान ७ः ५० बजे सानीभेरी गाउँकार्यपालिकाको प्रांगणबाट सुरु भई सानीभेरी नदि पार गरी पर्यटकिय स्थल मौराखारा हुदै टुरा, चाख्लीमेला, सानीभेरी र ठुलिभेरी नदिको संगम स्थल रिम्ना दोभान, जाजरकोटको रिम्ना, रुकुम ,पश्चिमको चाइनाबगरबाट मध्यपहाडी लोकमार्ग हुदै पुन विहान ११ः०५ मा सिम्लीमा रहको गाउँकार्यपालिका कार्यलयमा पुगी समापन भएको हो । प्रतिस्प्रधी पहिलो दोस्रो र तेस्रो आइपुग्ने समय २÷२ मिनेटको फरक रहेको थियो । म्याराथनको दुरी २३ किलोमिटर रहेको छ ।

सानीभेरी गाउँपालिकाको पर्यटन विकासको लागि आयोजना गरिएको गुरिल्ला म्याराथुनले सानीभेरी गाउँपालिकाको विभिन्न पर्यटकिय क्षेत्रहरु समेटिएको छ । सानीभेरी गाउँपालिकाको पूर्वदेखि पश्चिम भाग सम्म बग्ने सानीभेरी नदि तथा तत्कालिन शसस्त्र जनययुद्धमा माओबादी जनमुक्ति सेनाले तालिम गरेको स्थान मौराखारा आफैमा ऐतिहाँसिक महत्व बोकेको क्षेत्र हो ।

समुद्री सतहबाट ३ हजार मिटरको उचाईमा रहेको मौराखाराबाट विभिन्न जिल्लाहरुको अवलोकन गर्न सकिने र विशाल फाँट भएको रमणिय स्थल हो । सानीभेरी गाउँपालिकाले मौराखारा क्षेत्रलाई पर्यटकिय स्थल निर्माण गर्न प्याराग्लाइडिङ, भ्यू टावर तथा सिम्लीबाट मौराखारा केबलकारको विस्तार गर्ने आफ्नो गुरुयोजनामा समाबेश गरेको छ ।

म्याराथुनमा १७ जना प्रतियोगिले भाग लिएका थिए भने विभिन्न रुटहरु गरायलाको पेदी, तिमिले, कमैदे, नाग्ना, चेत्रे ओढार, मौराखारा टप मुलथला, टुरा, चाख्लीमेरा, गौरा, रिम्ना, चाइनाबागर, गिठाकोट क्षेत्रहरुमा स्वयं सेवक तथा प्राथमिक उपचारको टोली खटाइएको थियो । उक्त म्याराथमा प्रथम हुनेले नगद रु ५० हजार, कप, मेडल र प्रमाणपत्र, दोस्रो हुनेले नगद रु ४० हजार, मेडल र प्रमाणपत्र, तेस्रो हुनेले नगद रु ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।