विद्यालयमै किसान फिल्म

0
Shares

मोतिराम तिमल्सिना, काभ्रेपलाञ्चोक । ‘किसान भन्छु गर्वले’ । गीत, कथा, पटकथा र निर्देशन समेत गरेका छन् अन्तरीक्ष अधिकारीले । लामो समय पत्रकारितामा संलग्न अधिकारीले युवाहरु विदेशिने क्रम रोक्न र कृषि क्षेत्रलाई गर्वका साथ आफ्नो पेशा भन्न विद्यालय तहबाटै दिईने शिक्षाबाट शुरु गर्नु पर्छ भन्ने उदेश्यले लुघ चलचित्र तयार गरेका हुन् ।

२०७० सालमा नेपाल सरकारले प्रत्येक जिल्लामा एउटा एउटा प्राविधिक विद्यालय खोल्ने निर्णय गरे अनुसार जिल्लाको साविक टुकुचा गाउँ विकास समिति हालको बनेपा नगरपालिका वडा नम्बर २ घिमिरेगाउँमा रेहको श्वेत बाराह माविलाई बालि विज्ञान सम्वन्धी अध्ययन गराउने गरी स्विकृत गरियो । माध्यमिक तहमा न शिक्षक, न विद्यालयको आफ्नै भवन । खेल मैदान समेत छैन ।

तर पनि सरकारले गरेको निर्णयलाई विद्यालयले अघि बढाउने निर्णय ग¥यो र शुरु ग¥यो कृषि विषयको अध्यापन गराउन । सरकारले प्रशिक्षक २, सहायक प्रशिक्षक २ र उच्च माविका लागि दुई जना प्रशिक्षक उपलब्ध गराएको छ । कक्षा ९ देखि शुरु हुने उक्त विषयको अध्ययन कक्षा १२ सम्म हुनेछ । हाल १ सय २० जनाले उक्त विषय लिएर अध्ययन गरिरहेका छन् । नेपालका विभिन्न १० जिल्लाका विद्यार्थीहरु विद्यालयले उपलब्ध गराएको छात्रावासमा आफै खर्च जुटाएर बालि विज्ञान सम्वन्धी अध्ययन गरिरहेका छन् ।