जनकपुरधामको धार्मिक पोखरीको अस्तित्व धरापमा

0
Shares

जनकपुरधाम । रामजानकी सुडी कुटिको मातहतमा रहेको सुडी कुटि पोखरीको स्वरुप नै परिवर्तन भएको छ ।

पोखरीको दक्षिण पुर्वको डिलसँगै ९ धुर जग्गामा घर निमार्ण हुन लागेपछि केहि दिन पहिले गोलाकार रुपमा रहेको पोखरी अहिले त्रिकोणात्मक भएको छ । कुल ११ कठ्ठामा रहको पोखरीको दक्षिणपुर्वी डिलमा अतिक्रमण गरी घरनिमार्ण भएपछि पोखरीको अस्तित्व नै धरापमा परेको छ ।

कुनै समय सुडी कुटिमा रहेको रामजानकी भगवानलाई दर्शन गर्नका लागि पोखरीमा शुद्ध भएर जाने प्रचलन रहेपनि अहिले आएर दुर्गन्धित खाल्डोको रुपमा परिणत हुँदै गएको छ । यस सम्बन्धमा रामजानकी सुडी कुटिका अध्यक्ष रत्न कुमार पुर्वेसँग बुझ्ने कोसिस गरेपछि पोखरीमा अतिक्रमण भएको स्विकार गर्नुभयो । उहाँले सुडी कुटिको तत्कालिन अध्यक्ष काशी प्रसाद साह रहेको समय भन्दा पहिले नै पोखरीको जग्गा यादव थरका व्यक्तिलाई तत्कालिन कुटिका महन्थले रजिष्ट्रेसन पास गरिसकेको र तत्कालिन सुडी कुटिका सदस्य रामचन्द्र साहले जग्गा उहाँकै रहेको भनि सनाखत समेत गरिसकेको बताउनुभयो ।

पोखरीमै रहेको सो जग्गा अहिले बिक्री हुँदै लक्ष्मण चौधरी नाम गरेको व्यक्तिले खरिद गरी घर निमार्ण तिव्र बनाइएको छ । कुटिका अध्यक्ष पुर्वेका अनुसार घर निमार्ण रोक्नका लागि जनकपुरधाम उपमहानगरपालिकामा निवेदन पनि दिएको तर पोखरीमा घर निमार्णका लागि लालपुर्जा अनुसार नक्सा पास समेत भइसकेकोले घर निमार्ण कार्य रोक्न नसकेको भनाइ छ । यता पोखरीको स्वरुप नै परिवर्तन हुने गरी घर ठड्याइएपछि सुडी कुटिले पोखरीलाई भरेर मिनि मार्केट बनाउने योजना बनाएको छ ।

चैत्र १० गते हुने रामजानकी सुडी कुटिको साधारणसभाबाट सर्वसहमतिले पास गराई पोखरीलाई भरेर मिनि मार्केट बनाइने योजना बनाइएको सुडी कुटिका संरक्षक बलराम महतोले बताउनुभयो ।