दाजुले चलाएको गोली लागेर भाईको मृत्यु

0
Shares

आठराइ । ताप्लेजुङमा दाजुले चलाएको गोली लागेर भाईको मृत्यु भएको छ । जिल्लाको आठराइ त्रिवेणि गाउँपालिका वडा नं ३ हाम्पाङका २७ वर्षिय दाजु सुवास आङ्वुहाङले चलाएको गोली लागेर २२ वर्षिय भाई दिवस आङ्वुहाङको मृत्यु भएको हो ।

बिहिबार साँझ दाजुभाई नै सिकार खेल्न जंगल गएको र सिकार खेल्ने क्रममा दाजुले गोली चलाउँदा भाईलाई लागेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सो स्थानमा अहिले जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका प्रहरी निरीक्षक काशिनाथ रेग्मिको नेतृत्वमा इलाका प्रहरी कार्यलय दोभान तथा अस्थायी प्रहरी चौकी फुलबारीबाट प्रहरीको टोली घटनास्थलमा पुगेको बताइएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।