भण्डारीलाई भारतका राष्ट्रपतिको बधाई

0
Shares

काठमाडौँ, नेपालको राष्ट्रपतिमा श्रीमती विद्यादेवी भण्डारी निर्वाचित हुनुभएकामा भारतका राष्ट्रपति रामनाथ कोबिन्दले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

बहुआयामिक सहयोगात्मक भारत–नेपाल सम्बन्धलाई दुवै देशका जनताको लाभका खातिर अझ सुदृढ तुल्याउन राष्ट्रपति भण्डारीसँग सहकार्य गर्ने प्रतिबद्धता भारतका राष्ट्रपति कोबिन्दले व्यक्त गर्नुभएको छ ।

सार्क महासचिवको पनि बधाई

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुनःनिर्वाचित हुनुभएकोमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०का महासचिव अमजद बी सियालले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीलाई सार्कका आठ वटै सदस्य मुलुकका कूटनीतिक एवं सचिवालयका कर्मचारीका तर्फबाट आज एक पत्र पठाउँदै महासचिव सियालले बधाई ज्ञापन गर्नुभएको हो ।

पत्रमा नेपालले तीन वटा सार्कका शिखर सम्मेलन आयोजना गरेको स्मरण गर्दै उहाँले सार्कको स्थापनाकालदेखि नै क्षेत्रीय सहयोग प्रवद्र्धनमा नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

सार्क प्रक्रियालाई अझ सुदृढ तुल्याउन अध्यक्षका नाताले नेपालबाट निरन्तर सहयोग एवं मार्गनिर्देश हुने आशा महासचिवले पत्रमा व्यक्त गर्नुभएको छ ।
रासस