वाम गठबन्धनबाट उपसभामुखमा शिवमाया तुम्वाहाम्फेको उम्मेदवारी



काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा वाम गठबन्धनबाट शिवमाया तुम्बाहाम्फेको उमेदवारी दर्ता भएको छ । तुम्बाहाम्फे नेकपा एमालेबाट उम्मेदवार बन्नु भएकाे हाे । तुम्बाहाम्फेलार्इ  एमालेले यसअघि इजरायलकाे लागि राजदूत सिफारिस गरेकाे  थियाे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुष्पा भुसाललाई उम्मेदवार बनाएको छ ।  कांग्रेसले सभामुखमा भने पार्टीका तर्फबाट उम्मदेवारी दिएको थिएन ।
त्यसै गरी संघीय समाजवादी फोरम नेपालले सरिता गिरीलाई उम्मेवार बनाएको छ । उपभामुखको निर्वाचन शुक्रबार हुँदैछ । त्यसको लागि विहीबार बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ ।

प्रतिनिधिसभाका सभामुखको निर्वाचन फागुन २६ गते सम्पन्न भएको थियो । सभामुखमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसक्नुभएको छ । सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने संवैधानिक प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्