युएस बंगलाको काठमाडौं–ढाका उडान एक महिना बन्द



काठमाडौं । युएस बंगलाको विमान गत सोमबार विमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमान दुर्घटना भएपछि उक्त एयरलाइन्सले काठमाडौं–ढाका उडान बन्द गरेको छ ।

विमान अभावका कारण काठमाडौं–ढाका उडान विहीबारदेखि करिब एक महिनाका लागि काठमाडौं ढाका उडान बन्द गरिएको युएस बंगलाले जनाएको छ ।

७१ जना सवार विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका ७१ जनामध्ये अहिलेसम्म ५१ जनाको मृत्य भइसकेको छ ।

काठमाडौं–ढाका उडान बन्द गरेको बारेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अहिलेसम्म कुनै जानकारी गराइएको छैन ।

प्रतिक्रिया दिनुहोस्