एक दिवसीय मान्यताका लागि निर्णायक खेल खेल्दै नेपाल

0
Shares

काठमाडौँ । नेपाल र पपुवा न्यु गिनी (पीएनजी) क्रस प्लेअफमा सातौं स्थानका लागि बिहिबार दिउँसो एक बजे हरारेमा खेल्दैछन् । आजको खेल दुवैको लागि निकै नै महत्वपूर्ण नजरले हेरिएको छ किनकि एकदिवसीय मान्यताको पाउने सम्भावना आजै खेलबाट टुंग्गो लाग्नेछ।

विश्वकप छनोट खेल्न जिम्बावे प्रस्थान गर्नुअघि नेपाली टोलीको स्पष्ट लक्ष्य थियो, एकदिवसीय मान्यता प्राप्त गर्नु। तर, समूह चरणमा लगातार सुरुवाती तीन खेल हारेपछि नेपालकोे त्यो सम्भावना टरेको छ । नेपाल र पीएनजी क्रस प्लेअफमा सातौं स्थानका लागि दिउँसो एक बजे हरारेमा खेल्दैछन् र दुवैको एकदिवसीय मान्यता पाउने सम्भावना आजै टुंग्गो लाग्नेछ।

अर्कातर्फ सोही समयमा क्वीक्वी स्पोर्टस क्लबमा हुने अर्को प्लेअफमा नेदरल्याण्ड र हङकङ भिड्दैछन्। त्यो खेलको नतिजाले पनि नेपाल र पीएनजीको एकदिवसीय मान्यता पाउने सम्भावनाको निक्र्यौल गर्नेछ। नेपालले पीएनजीलाई पराजित गरेमा र नेदरल्याण्डले हङकङलाई पराजित गरे नेपालले सोझै एकदिवसीय मान्यता पाउनेछ।

यदि नेपालले पीएनजीलाई पराजित गर्यो तर हङकङले नेदरल्याण्डलाई पराजित गर्यो भने एकदिवसीय मान्यताका लागि नेपाल र हङकङ पुनः सातौं स्थानका लागि भिड्नेछन् र विजेता टोलीले एकदिवसीय मान्यता पाउनेछ। यदि नेपाल पपुवा न्यूगिनीसँग आज पराजित भएमा नेपाल पुनः डिभिजन दुईमा झर्ने निश्चीत छ ।