आज अन्तर्राष्ट्रिय उपभोक्ता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै



काठमाडौं । आज अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सन् १९६२ मा मार्च १५ का दिन अमेरिकी राष्ट्रपतिले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरेपछि विश्वमा यो दिवस मनाउँदै आइएको हो ।

नेपालमा यो दिवस उपभोक्ता संरक्षण ऐन २०५४ जारी भएपछि मनाउन थालिएको हो । यो ऐनको दफा ६ मा वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने हरेक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको छ ।

नेपालमा उपभोक्ता अधिकारका नाममा २ दर्जनभन्दा धेरै संस्था खुलेपनि उनीहरुको भूमिका प्रभावकारी देखिएको छ । यस्तै गरी क्षेत्रबाट गरिने बजार अनुगमन नियमित हुन नसक्दा बेचिन राख्ने वस्तु कम गुणस्तरयुक्त, कम तौल र महंगो मूल्य तिर्नु परेको उपभोक्ताको गुनासो छ ।

उपभोक्ता संरक्षण ऐन २०५४ मा उत्पादन घटाउने, माग र आपूर्ति एवं मूल्यमा प्रतिकूल प्रभाव पार्ने अपराध गरिए तीन वर्ष कैद वा ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यस्तै खाद्य ऐन २०२३ मा न्यून गुणस्तर भएमा भने एक हजारदेखि दुई हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्