![](https://newsofnepal.com/wp-content/uploads/2018/03/Screenshot_2017-11-02-21-41-20-696x802.jpeg)
काठमाडौं । काठमाडौंको गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ ।
लगत्तै, घटनास्थल पुगेको प्रहरी टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ । उनलाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले बताए ।
यद्यपि, गोली कसलाई लाग्यो भन्ने बारे प्रहरीले खुलाइएको छैन ।लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।