पराजुलीबारे अर्काे तथ्य फेला, अाधिकारीक जन्ममिति २०११ वैशाख १३ गते



काठमाडौं ।

प्रधानन्यायधीस गाेपाल पराजुलीलाइ बरखास्त गर्ने निर्णय सचिवकाे एकलाैटी तरिकाले गरेकाे भन्दै न्यायपरिषदकाे लफडा जन्ममितिमा गएर अडिएकाे छ ।

प्रधानन्यायधीश पराजुलीलाइ न्यायपरिषद सचिव नृपध्वज निराैलाले बर्खास्त गरे पछि पराजुलीकाे न्याय परिषद् सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट आएको पत्रका आधारमा पराजुलीले साउन २१ मा नै अवकाश पाएको देखिएको परिषद् सचिवले जारी गरेकाे पत्रमा उल्लेख छ, तर ६५ वर्ष उमेर पुगेर पदमुक्त हुनुभएका भनिएकाे पराजुलीको जन्म मितिकाे हिसावमै २ बर्ष घटाइएकाे पाइएकाे छ ।

परीक्षा नियन्त्रण कार्यालय सानेठिमी भक्तपुरबाट आएको पत्रमा उहाँको जन्ममिति २०११ वैशाख १३ गते उल्लेख गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयको पत्रलाई आधार मान्दा उहाँको उमेर ६३ वर्ष मात्रै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्