गृह मन्त्रालयमा नयाँ प्रवक्ता,पुरानाको सरुवा



नेपाल समाचारपत्र, काठमाडौँ ।

गृह मन्त्रालयका नयाँ प्रवक्ताका रुपमा रामकृष्ण सुवेदी आएका छन् । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रहेका उनलाई गृह मन्त्रालयको प्रवक्तामा नियुक्त गरिएको हो ।

सुवेदीले बुधबारदेखि नै गृह मन्त्रालय अन्तर्गतको शान्ति सुरक्षा महाशाखाको प्रमुख तथा प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका छन् ।

यसअघिका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीलाई मन्त्रालयको नीति तथा योजना महाशाखामा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्