एएनपी मिडिया हाउसले आगामी चैत ५ गते सोमबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गर्न लागेको तेस्रो टिचर आइकन अफ द इयर २०१८ अन्तर्गत ट्यालेन्ट राउन्ड गरेको छ।
विभिन्न विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षिकाबीचको सौन्दर्य प्रतियोगिताअन्तर्गतको ट्यालेन्ट राउन्डमा प्रतियोगीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरे। ट्यालेन्ट शोमा प्रतियोगीहरूले अभिनय, नृत्य, वक्तृत्वकला, चित्रकला, सांगीतिक कलालगायतका आफूमा अन्तरनिहित प्रतिभा प्रस्तुत गरेका थिए। ट्यालेन्ट शोका लागि कलाकारहरू ज्योति काफ्ले (नक्कली बाबुराम), आदित्य बुढाथोकी, रीता केसी, नितु कोइराला, गत वर्षकी विजेता शिल्पी गुप्ता, श्रीकृष्ण लुइँटेल (बोके दाह्री) र सीमान्त सन्तोष निर्णायक रहेका थिए।
मिडिया हाउसका प्रबन्ध निर्देशक लबबहादुर कार्कीका अनुसार शिक्षिकाभित्र अन्तरनिहित प्रतिभा र क्षमता प्रस्फुटनका लागि टिचर आइकन अफ द इयरको आयोजना गरिँदै आएको हो। उनका अनुसार ट्यालेन्ट शोबाट टिचर ट्यालेन्ट उपउपाधि चयन गरिनेछ। यसको घोषणा भने अन्तिम स्पर्धाका दिन चैत ५ गते गरिनेछ। प्रतियोगिामा विभिन्न विद्यालयका विवाहित र अविवाहित शिक्षिकाहरू काजोल खेतान, सुबिता कपाली, प्रेरणा अधिकारी, रेश्मी तण्डुकार, लक्ष्मीदेवी महर्जन, समिका सहानी, विनीता कपाली, रूपा लामा, सुमित्रा श्रेष्ठ, होलिना सापकोटा, सनिका श्रेष्ठ, सुशीला मानन्धर, सपना खतिवडा र सिर्जना श्रेष्ठले स्पर्धा गर्दै छन्। शम्भुप्रसाद रेग्मीको संयोजनमा हुने प्रतियोगिता अश्विनी झाको कोरियोग्राफी र सञ्चालनमा सम्पन्न हुनेछ। प्रतियोगितामा १८ देखि ४५ वर्षका १४ शिक्षिका स्पर्धा गर्दै छन्।











प्रतिक्रिया