आर्थिक चलखेलले सडक अलपत्र

0
Shares

काठमाडौं, (नेस)
आर्थिक चलखेलका कारण काठमाडौंको वनस्थली–बालाजु चौकी–बोराटार सडकखण्ड लामो समयदेखि पक्की हुन सकेको छैन। झण्डै १४ करोड रूपियाँको लागतमा निर्माण थालिएको सो सडक पिच हुन नसक्दा स्थानीयले आवतजावतमा निकै सास्ती खेप्नुपरेको छ। सरकारले दाँयाबाँयातर्फ ११ मिटर फराकिलो गर्ने गरी पिच बनाउने योजना अगाडि बढाए पनि एमालेका केही कार्यकर्ताले ९ मिटरमा झारेका थिए ।

तत्कालीन सहरी विकास मन्त्रालयले २ वर्षअघि ११ मिटर चौडा हुने गरी सडक निर्माण गरिनुपर्ने भन्दै टेन्डर आ≈वान गरेको थियो। तर, राजनीतिक दलका केही स्थानीय कार्यकर्ताको दबाबमा ११ मिटरबाट ९ मिटरमा झारिएको बुझिन आएको छ। वनस्थली–बालाजु क्षेत्रमा बढी मात्रामा विद्यार्थीहरू ओहोरदोहोर गर्ने गर्छन्।

सो सडक खण्डमा पर्ने वनस्थली स्कुलले सडक निर्माणका लागि खातामा नराखि व्यक्तिलाई पैसा दिएको बुझिएको छ। सडकखण्ड बिस्तारका लागि स्थानीय नागरीकहरूले पटक–पटक प्रशासन र सरोकारवालालाई आग्रह गरे पनि सुनुवाइ हुन सकेको छैन। सो सडक खण्ड निर्माणको जिम्मा शैलुङ निर्माण सेवाले लिएको बताइएको छ। स्थानीयबासीले यथासिघ्र सो सडक खण्ड निर्माण कार्य सम्पन्न गराउन सरोकारवालालाई ध्यानाकर्षणसमेत गराएका छन्।