गुल्मीका ४८ सय बिद्यार्थी माध्यामिक शिक्षा परिक्षा दिँदै



अनिल खत्री, गुल्मी । आउदो चैत ८ गतेबाट २० गते सम्म सञ्चालन हुने सुरु हुने माध्यामिक शिक्षा परिक्षा (एसईई)कक्षा १० को परिक्षामा यस वर्ष गुल्मी जिल्लाबाट ८८ जना बिद्यार्थी परिक्षा दिनबाट बञ्चित भएका छन् ।

बञ्चित हुने मध्ये ७५ प्रतिशत हाजिर नपुगेका तथा विभिन्न कारणले बिद्यालय छोडेका बिद्यार्थी परिक्षा दिनबाट बञ्चित भएको गुल्मीका जिल्ला शिक्षा अधिकारी टिकाराम शर्माले जानकारी दिए ।

गत बर्ष १ सय १७ जना बिद्यार्थी परिक्षा दिनबाट बञ्चित भएका थिए । यस वर्ष गुल्मी जिल्लाबाट नियमित तर्फ ४ हजार ८ सय ८८ जना बिद्यार्थीले माध्यामिक शिक्षा परिक्षा कक्षा– १० को परिक्षा दिदैछन् ।

एक्जाम्टेड तर्फ ६८ जना बिद्यार्थी परिक्षामा भाग लिने जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ । प्राविधिक तर्फ भने ९७ जना बिद्यार्थीले परिक्षा दिने भएको जिल्ला शिक्षा अधिकारी शर्माले बताए ।

परिक्षा सञ्चालन गर्न जिल्ला विभिन्न स्थान २७ परिक्षा केन्द्र तोकिने भएको छ । गत बर्ष तोकिएकै केन्द्र संख्यालाई यस वर्ष पनि कायम राखिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्