डाक्टर विहिन बनेको अस्पताल पुनः संचालनमा

0
Shares

सिलगढी । विरामीसंग दुव्र्यवहार गरेको आरोप लगाउँदै डोटी जिल्ला अस्पतालका डाक्टरलाई बिरामीका आफन्तहरुले कुटपिट गरेपछि २० दिनदेखि बन्द रहेको अस्पताल सुचारु भएको छ ।

सुरक्षाको कारण देखाउँदै जिल्ला छाडेका डाक्टरहरु मध्ये जिल्लामा कार्यरत सरकारी कोटाका डाक्टर नफर्कने भए पनि साईमन नामक गैरसरकारी संस्थाको सहयोगमा जिल्ला अस्पतातमा कार्यरत डाक्टर ग्रीस अवस्थी जिल्ला पुगेसँगै सेवा सुचारु हुने भएको हो ।

दिपायल सिलगढी नगरपालिको दोस्रो नगरसभा उद्घाटन गर्न डोटी पुग्नु भएका प्रदेश नम्बर ७ का सामाजिक विकास मन्त्री दीर्घ सोडारी जिल्ला स्वास्थ्य कार्यालयमा भएको छलफल कार्यक्रम सहभागी हुनु भएको थियो । मन्त्री सोडारीले छलफल कार्यक्रममा चिकित्सकहरुको सुरक्षाका लागि प्रदेश तहबाट नै कडा कानून बनाइने बताउनु भए पनि सरकारी कोटाका डाक्टरहरुले सुरक्षाको पूर्ण ग्यारेन्टी नहुँदासम्म जिल्लामा नफकर्ने बताएका छन् ।

यता मन्त्री सोडारीले ‘दुर्गममा त्यसै पनि डाक्टर आउन मान्दैनन्, त्यसमा पनि असुरक्षा महसुस भयो भने कसरी स्वास्थ्य क्षेत्रमा काम गर्न सकिन्छ, भन्नुभयो ।’ ‘चिकित्सकहरुको एशोसियसनसंग सम्झौता पनि भएको छ, डाक्टरको सुरक्षाको लागि कडा कानुन आवश्यक छ, उहाँले थप्नुभयो ।’