सर्जिकल भवन सिलान्यास

0
Shares

काठमाडौं, (नेस)
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको शिलान्यास गर्नुभएको छ। ३ वर्षभित्र बन्ने उक्त भवनमा ६ सय ५० शैया रहने बताइएको छ। अस्पताल स्रोतका अनुसार कर्मचारी आवास र नर्सिङ भवन जीर्ण भई भूकम्पबाट क्षति भएकाले पुरानो भवन भएकै स्थानमा नयाँ भवन बनाउन लागिएको हो ।

सो भवन निमार्णका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले बोलपत्र स्वीकृत गरिसकेको छ। भवन जेडआईईसी–शर्मा–रसुवा जेभी नामक कम्पनीले निर्माण गर्ने उक्त भवन २ अर्ब ३४ लाख ७२ हजार ९ सय ९५ रुपियाँ लागतमा बन्नेछ।

२ तला भूमिगत पार्किङ र जमिनमाथि ७ तला रहने उक्त कम्प्लेक्समा १५ वटा प्रमुख शल्यकक्ष, २० वटा सर्जिकल आईसीयु, ३० वटा पोस्टअप वार्ड र पेटस्क्यान, एमआरआई, सिटीस्क्यानजस्ता आधुनिक उपकरणहरू रहने बताइएको छ।