वज्राचार्यको फोटो उत्कृष्ट

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
प्रसन्न वज्राचार्यको फोटोले हिउँद (विन्टर) शीर्षकमा गरिएको ३ फोटो नेपाल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल पर्यटन बोर्डले फोटो पत्रकार क्लब (पिजे क्लब नेपाल) सँगको सहकार्यमा गरेको फोटो प्रतियोगितामा सहभागी २ सय ३० फोटोग्राफरका ५ सय ९ फोटोलाई पछि पार्दै प्रसन्नको फोटो उत्कृष्ट चुनिएको हो।

पहिलोपटक भएको ३ फोटो नेपाल प्रतियोगितामा विक्रम मगरको फोटोले दोस्रो तथा प्रमिन मानन्धरको फोटोले तेस्रो स्थान हासिल गरेको छ।

विजेता फोटोग्राफर प्रसन्नले पर्यटन बोर्डबाट शुक्लाफाँटाको तीन दिन दुई रातको टुर प्याकेजसँगै नगद ५ हजार रुपियाँ पुरस्कार पाउनेछन्। यसै गरी पर्यटन बोर्डले दोस्रो भएका विक्रमलाई तीन दिन दुई रातको लुम्बिनीको टुर प्याकेज र नगद ५ हजार रुपियाँ तथा तेस्रो हुने प्रमिनलाई तीन दिन दुई रातको चितवनको टुर प्याकेज र नगद ५ हजार रुपियाँ उपलब्ध गराएको छ।

प्रतियोगितामा सहभागी ५ सय ९ फोटोमध्येबाट पहिलो चरणको जजिङमार्फत ३८ फोटोग्राफरका उत्कृष्ट ५० फोटो ३ फोटो नेपालको प्रदर्शनीमा समावेश छन्। प्रदर्शनीमा समावेश ५० उत्कृष्ट फोटोमध्येबाट अन्तिम चरणको जजिङमार्फत शीर्ष ३ फोटो चयन गरिएको हो। हिउँद (विन्टर) थिममा गरिएको प्रतियोगितामा जाडोयामको जनजीवनसँग सम्बन्धित फोटोहरू सहभागी थिए।