नेपाल समाचारपत्र, काठमाडौं
हालै अस्ट्रियाको राजधानी भियनामा एनआरएन अस्ट्रिया महिला फोरमले आयोजना गरेको १०८औँ अन्तर्राष्ट्रिय महिला दिवस भवानी तिवारीको संयोजकत्वमा सम्पन्न भएको छ ।
नेपाली राजदूत प्रकाशकुमार सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममो एनआरएन अस्ट्रियाका अध्यक्ष जीवनजंग कुँवरले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरेर शुभारम्भ गरिएको थियो ।
सम्भवतः अस्ट्रियामा पहिलोपटक नेपाली समुदायबीच नारी दिवस मनाइएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले वक्ताका रुपमा महिला जागरणका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा अस्ट्रियाभरिबाट आएका थुप्रै नेपालीको सहभागिता रहेको थियो । त्यति मात्र नभई कार्यक्रममा आकर्षक नेपाली सांस्कृतिक नृत्य, कविता पनि प्रस्तुत गरिएको थियो । गायिका प्राश्ना निरौलाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।











प्रतिक्रिया