स्कुल पुग्नै २ घण्टा

0
Shares

सलिम अन्सारी, प्यूठान । बिहान ८ नवज्दै प्यूठान मोतीपुरकी सरिता ठेणीलाइ सधै स्कुल हिड्नै हतार हुन्छ । घरमा पढने कुरा त परै जाओस, कहिलेकाही त भात खान पनि भ्याउँदिनन उनि । बिहान उठयो, घरको काममा सघायो । स्कुल जान हतार भैहाल्छ । बिहान ८ बजे नै बाटो लाग्छन नत्र १० बजे स्कुल पुग्न भ्याइदैन । यहाँका बिधार्थीले फुर्सदले खाना खान र पोशाक लगाउन समेत भ्याउँदैनन ।

शहरमा जस्तै नजिक बिद्यालय तथा स्कुल वस सुबिधा नहुँदा लामो पैदलयात्राले कक्षाकोठा पुग्दासम्म बिद्यार्थीहरु थाक्छन ।
कक्षा ६ मा अध्यनरत उनले भने घर फर्कदा साँझको सात बज्छ, राती हुन्छ । खाना खाएर पढदा पढदै थकाइले निदाइन्छ । विद्यार्थी गुनासो गर्छन ।

जिल्लाको सरुमारानी गाउँपालिका ४ स्थित मोतिपुर, ठाडि ओदार, छत्तिवन दमार गाउँका ६० भन्दा धेरै बालबालिका ४ घण्टा बढि समय पैदल हिडेर बिद्यालय आउजाउ गर्दै आएका छन । गाउँकै बुद्ध प्राबिबाट कक्षा ५ उत्तिर्ण गरेका बिध्यार्थी निमाबि र माबी तहको शिक्षा हासिल गर्न जनता माबि बडडाडाँ पुग्नैपर्ने बाध्यता छ । सरकारले शैक्षिक क्षेत्रमा ठूलो लगानी गरेपनि यहाँ माथिल्लो तहको पढाईका लागि बिद्यार्थीलाइ समस्या छ ।