८ बर्षीया बालिकाको बलात्कार, गुप्तांगमा १२ टाका

0
Shares

काठमाडौं । पर्सा जिल्लाको पटेर्वा सुगौली कि ८ बर्षिया एक बालिका बलात्कारको सिकार भएकी छन् ।

एक गरिब परिवारमा जन्मिएकी उन्लाई फागुन १६ गते गाउँकै सुनिल शाह तुराहाले बलात्कार गरी बेहोस् अवस्थामा फालिदिएका थिए ।

उनलाई यस्तो अवस्थामा फेला पारेपछि स्थानियहरुले नारायणी उपक्षेत्रिय अस्पताल पु¥याएका थिए ।

उनलाइ थप उपचारको लागि १९ गते काठमान्डौको ग्रिन सिटि अस्पताल ल्याएको छ । ग्रिन सिटि अस्पतालको आइसीयुमा राखेर उपचार गर्दै गरेकी ८ बर्षिया बालिकाको गुप्तांग मा १२ टाका लगाइएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

ग्रिन सिटि अस्पतालको आइसीयुमा राखेर उपचार भैरहेको यी उनको अगाडी लोग्ने मानिस गयो कि झस्किछिन् ।

सामुहिक बलात्कारको शिकार बनेकी उनि पिडाले विछिप्त छिन् । ८ बर्षीय बालिकाको बलत्कार गर्नेहरुले उनका बाबुलाई पैसाको प्रलोभन देखाइ गुपचुप पार्नसमेत खोजेको भन्दै उनीहरुलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने उनका बाबुको माग छ ।

पिडित बालिकाको बिरगञ्जमा उनका बाबुले नै खर्च गरेर उपचार गरिरहेका थिए गाउँपलिकाले बालिकालाइ न्याय दिलाउन र सामाजिक पुनस्थापना र उपचार को लागि गैरसरकारी संस्था रक्षा नेपाल लाइ पत्राचार गरेपछि रक्षा नेपालले उनको उद्दार गरेर काठमाडौं ल्याएको हो ।