ढुंगाले च्यापिएर दुईको मृत्यु

0
Shares

जुम्ला । शुक्रबार दिउसो जुम्लाको चन्दननाथ नगरपालिका–९ श्रीढुस्कामा ढुंगा खानीबाट ढुंगा निकाल्ने क्रममा च्यापिएर दुई जनाको मृत्यु भएको छ ।

सोही नगरपालिकाका ५१ वर्षीय रक्षा बहादुर घर्तीको घटनास्थलमै मुत्यु भएको छ, भने घाइते २७ वर्षीय तीर्थ बहादुर घर्तीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

उनीहरुले घर बनाउनका लागि ढुंगा निकाल्दै गरेका थिए ।