‘अब ज्ञापन पत्र लिएर हिड्नु पर्दैन’

0
Shares

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको अहित हुने कुनै पनि काम नगर्ने बताउनुभएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चाको ज्ञापन पत्र शुक्रबार बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले अहिले जनपक्षीय,देशभक्त र लोकतान्त्रिक सरकार भएकोले यसले सबै जनतालाई अवसर र सुरक्षाको प्रत्याभुती गराउने बताउनुभयो । ‘सरकारले सम्मानीत जीवन ज्यून पाउने अवस्था सबै नागरिकलाई उपलब्ध गराउछ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘भौगोलिक अखण्डता र राष्ट्रियताको रक्षा सरकारका प्राथमिकता हुन् ।’

सामाजिक विद्वेश भड्काउने,घृणाको खेती गर्ने,द्वन्द्वको मच्चाउने र द्वन्द्व व्यवस्थापनको खेती गर्ने तत्वहरुसँग सजग हुनुपर्ने प्रधानमन्त्री ओलीको धारणा छ । ‘नेपाल कसैको खेलमैदान होइन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अब यहाँ सदभावमा आधारित लोकतन्त्र स्थापित हुन्छ ।’

प्रधानमन्त्री ओलीले यसपालीको निर्वाचनमा जनताले स्थीरता र स्थायीत्वका लागि मतदान गरेको बताउदै जनमतको कदर गर्न आफू सचेत रहेको बताउनुभएको छ । ज्ञापन पत्र लिएर आएको सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाको टिमलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘केही बर्षपछि यस्ता ज्ञापन पत्र लिएर हिड्नु पर्ने दिन अन्त्य हुन्छन् ।’