रुकुममा ३१ जना कर्मचारीले स्वईच्छिक अवकास रोजे

0
Shares

धनवीर दाहाल, रुकुम । रुकुमका ३१ जना कर्मचारीले स्वईच्छिक अवकास रोजेका छन् । २० वर्षभन्दा लामो समयसम्म काम गरेका र ५५ वर्ष उम्मेर पुगेका कर्मचारीले स्वईच्छीक अवकास रोजन पाउने व्यवस्था स्वरुप उनीहरुले स्वइच्छिक अवसकार रोजेका हुन् ।

अवकासको लागि निवेदन दिनेमा दुई जना राजपत्र अंकीत प्राविधिक कर्मचारी र २९ जना राजपत्र अनंकीत सहायक स्तरका कर्मचारी रहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमख जिल्ला अधिकारी शेरवहादुर पुनले जानकारी दिए ।

स्वाइच्छीक अवकासको लागि जिल्ला प्रशासन कार्यालयमा दिएका निवेदन सामान्य प्रशासन मन्त्रालयमा पठाउँने तयारी गरिरहेको सहायक प्रजिअ पुनले बताए ।