आज खतिवडा, बिडारी र पौडेलको सपथ, राष्ट्रपति निर्वाचनमा मत दिन नपाउने

0
Shares

काठमाडौँ । राष्ट्रियसभामा मनोनित तीन सांसदको शपथग्रहण आज हुँदैछ । अर्थमन्त्रीसमेत रहेका डाक्टर युवराज खतिवडा, अधिवक्ता रामनारायण बिडारी र डा विमला पौडेलले आज सपथ लिन लागेका हुन ।

दिउँसो २ बजे सपथ गराउने तयारी भएको संसद सचिवालले जनाएको छ । सपथ भएपनि  उनीहरुले राष्ट्रपति निर्वाचनमा मत दिन भने पाउने छैनन्र ।

निर्वाचन अायोगका प्रवक्ता नवराज ढकालले कानुनत मतदाता नामावलीमा नाम समावेश नभएकाले मत दिन नपाउने बताए । उनले मतदाता नामावली प्रकाशन भैसकेको र त्यो संशोधन नहुने हुँदा खतिवडा,  बिडारी  र पाैडेलले राष्ट्रपति निर्वाचनमा मत दिन नपाउने बताए ।

तीनै जनाको शपथग्रहण रोक्न सर्वोच्च आफैँले दिएको अन्तरकालीन आदेश खारेज गरेपछि सपथको बाटो खुलेको हो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलसहितका तीन जनाले सर्वोच्च अदालतमा खतिवडा, बिडारी र पौडेललाई सपथ नगराई आफूलाई सांसद बनाउनुपर्ने माग गरेका थिए । यद्यपी सर्वोच्चले मुद्दका विषयमा थप बहस आवश्यक भएको भन्दै रिटलाई संवैधानिक इजलाशमा पठाएको छ ।