कांग्रेसले सभामुखमा मनोनयन नगर्ने

0
Shares

काठमाडौं । नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी मनोनयन नगर्ने भएको छ।

राष्ट्रपतिमा वाम गठबन्धनविरुद्ध उम्मेदवारी दिएको कांग्रेसले सभामुख पदमा भने उम्मेदवारी नदिने भएको हो । कांग्रेस स्रोतका अनुसार सभामुख सिंगो सदनको नेता भएकाले सो पदमा प्रतिस्पर्धा नगर्ने भएको हो ।