रामधन राई, खोटाङ । खोटाङमा बिभिन्न बिधाबाट योगदान पु¥याउने पाँच महिलालाई सम्मान गरिएको छ । विभिन्न क्षेत्रबाट जिल्लाको हितमा क्रियाशिल महिलालाई १ सय ८ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर बिहिबार सम्मान गरिएको हो ।
कार्यक्रममा पत्रकारिताको क्षेत्रबाट योगदान पु¥याएको भन्दै पत्रकार महासंघ खोटाङको कोषाध्यक्ष समेत रहनुभएको रुपाकोट रेडियो तथा एग्रो टाईम्स मासिकमा आबद्घ सर्मिला बिश्वकर्मा, कराते खेलको माध्यमबाट सबैभन्दा बढी पदक जिल्ला भित्र्याउने खेलाडी बिद्याकला राई लगायत महिला अधिकारका क्षेत्रमा निरन्तर सक्रिय तीन महिलालाई सम्मान गरिएको छ ।
अन्र्तराष्ट्रिय महिला दिवस मूल समारोह समतिले उपमेयर बिणादेबी राईको संयोजकत्वमा गठन गरेको सम्मान उपसमितिको सिफारिसमा महिला तथा सामाजिक क्षेत्रमा क्रियाशील पूर्ब सभासद् समेत रहनुभएकी दुर्गाजयन्ती राई, महिला अधिकारकर्मी पुर्णमाया तामाङ र डिल्लीकुमारी आचार्यलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
जिल्लाका सम्पुर्ण सरकारी, गैरसरकारी संघसंस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा सम्मानित महिलाहरुलाई १ सय ८ औं अन्तराष्ट्रिय महिला दिवस मूल समारोह समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी, प्रमुख अतिथी जिल्ला समन्वय समितिका उपप्रमुख गोमादेबी खत्रीले दोसल्ला, सम्मानपत्र र नगद ५ हजार ५ सय ५५ सम्मान गरिएको हो ।
प्रतिक्रिया