तामाङ सञ्चार समूह ललितपुर जिल्ला शाखाकोे अधिवेशन सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । तामाङ सञ्चार समूह ललितपुर जिल्ला शाखाले अधिवेशन सम्पन्न गरेको छ । जिल्ला शाखाले बिहिबार सम्पन्न गरेको अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

जिल्लाको प्रथम अधिवेशनले साहिला तामाङ राससको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट अध्यक्ष साहिला, उपाध्यक्षमा जिबी लामा जनता टिभी, सचिवमा लक्ष्मी तामाङ रेडियो प¥याबरण, कोषाध्यक्षमा कविराज तामाङ, सदस्यहरुमा वविता घिसिङ नेपाल खबर डटकम, शान्ति थिङ सेतोपाटी डटकम, बाबुलाल स्याङतान, श्याम लामा, प्रकाश तामाङ तामाङ डाजाङ मासिक, बुद्धराम थिङ रहेका छन् ।

त्यस्तै अध्यक्ष साहिला तामाङ, शान्ति तामाङ र सुरेश तामाङ नेपाल समाचारपत्रलाई पाँचौँ राष्ट्रिय महाधिवेशनका लागि सिफारिश गरेको छ ।

कार्यक्रममा गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी, तामाङ संचार समूहका केन्द्रीय उपाध्यक्ष दिपेन्द्र दोङ, समूहका केन्द्रीय महासचिव विष्णु मोक्तान, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य जानुका बराल, नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखा अध्यक्ष ज्ञानप्रसाद पौडेल, नेवा पत्रकार राष्ट्रिय दबुका केन्द्रिय महासचिव सुनील महर्जन, प्रेस युनियन ललितपुरका उपाध्यक्ष केदारनाथ दाहाल, प्रेस सेन्टर ललितपुरका अध्यक्ष रामहरि कार्कीले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले प्रेस स्वतन्त्रता, पत्रकारका हकहित र क्षमता विकासका लागि सहकार्य गर्ने प्रतिवद्दता जनाउनुभयो । समावेशी पत्रकारिता, जातीय, भाषिक, साँस्कृतिक लगायत मुद्दाहरु संचार माध्यममा प्राथमिकता पाउनुपर्ने, पत्रकारिताको विकासको लागि स्थानीय तहको भूमिका लगायत विषयमा वक्ताहरुले आफ्नो भनाईरहरु राख्नुभएको छ ।