अशोकको नेतृत्वमा १५ सदस्यीय जिल्ला जनपरिषद अर्थात जनसत्ता गठन

0
Shares

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समुहको जिल्ला जनपरिषद नुवाकोटको अधिवेशनले अशोकको नेतृत्वमा १५ सदस्यीय जिल्ला जनपरिषद अर्थात जनसत्ता गठन गरेको छ ।

देश गम्भीर मोडमा पुगेको, राजनीतिक अराजकता र राजनीतक वेइमानी बढेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समुहले जनसत्ता गठन गरेको जिल्ला जनपरिषद नुवाकोटका प्रमुख अशोकद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समुहले भर्रखरै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा केही पार्टीले करोडौ लगानी गरि मत खरिद गरेको आरोप लगाउँदै जनप्रतिनिधिले जनताको काम नगर्ने र आफ्नो लगानी मात्रै उठाउने भन्दै सरकारलाई कर नतिर्न समेत उसले सबैलाई अपिल गरेको छ ।

जिल्ला जनपरिषद नुवाकोटले वैज्ञानिक समाजवादको पक्षम आम नागरिकहरुलाई उभिन आग्रह गर्दै सबै प्रतिनिधिसभा, प्रदेशसभा, गाउँपालिकाका सदस्यहरुलाई तत्काल राजीनामा दिन समेत आग्रह गरेको छ । अन्यथा असहज परिस्थितिको अवस्था आउन सक्ने चेतावनी पनि विज्ञप्तप्मा उल्लेख गरिएको छ ।