मायाको चिनो वाईफाई दिएर बिदा भए विद्यार्थी

0
Shares

प्युठान । सरुमारानीको एक बिद्यालयलाई मायाको चिनो स्वरुप वाईफाई उपहार दिईएको छ।सरुमारानी-३ स्थित सरस्वती माद्यमिक बिद्यालयलाई कक्षा १० मा अध्यनरत बिध्यार्थीहरुले वाईफाई उपहार दिएका हुन।

बिद्यालयमा लामो समय अध्यन गरि बिदाई भएर जान लागेका उनीहरुले आज वाईफाई हस्तान्तरण गरे।एसईई परिक्षाको तयारिमा रहेका ५८ जना बिध्यार्थिले जनही ५ सयका दरले पैसा सकलन गरि बिध्यालयमा २५ हजार रुपैया वरावरको फ्री वाईफाई जडान गरिदिएको बिध्यार्थीहरुले बताएका छन। बिद्यालयलाई सूचना प्रविधिमैत्री बनाउन निःशुल्क वाइफाइ उपहार स्वरुप दिएको विद्यार्थी प्रतिभा पौडेलले बताईन।

‘साथीहरु बिच सल्लाह गरेर हामीले वाइफाइ दिएका हौँ ‘उनले भनिन। विद्यार्थीहरुलाई बिदाई गर्दै बिद्यालयका प्रधानाध्यापक खेमराज शर्माले सबैलाई SEE परीक्षामा उत्कृष्ट नतिजाका साथ सफल हुन आग्रह गर्दै उज्वल भविश्यको कामना गरे। बिद्यालयहरुमा कक्षा १० मा अद्यन गर्ने बिद्यार्थीलाई कक्षा ९ मा पढ्ने बिद्यार्थीले बिदाई गर्ने चलन छ।