२३ लाख रुपैयाँ बराबरको लागूऔषध सहित कारोबारी पक्राउ

0
Shares

काठमाडौं । २३ लाख रुपैयाँ बराबरको लागूऔषध सहित कारोबारी पक्राउ परेका छन । ग्रिजको बट्टामा डुबाएर ओसार पसार गर्न लागेको लागुऔषध सहित ३ जना पक्राउ परेका हुन ।

काठमाडौंको परोपकार पुलबाट फागुन २१ गते पक्राउ परेका बारा गढिमाइका ३३ वर्षीय विगु रायभर र भारत दरभंगाका २६ वर्षीय महम्मद रियाजुद्दिनले २० लिटर र ५ लिटरको ग्रिजको बाल्टीमा डाइज्यालाप, नुफिन, फेनारागनलगायतका लागू औषध डुबाएर ल्याएको प्रहरीले भेटाएको छ ।

प्रहरीले विगु र महम्मदले टर्बो प्लस ग्रिजको १८ केजीको बाल्टीनमा डुबाएर ल्याएको डाइज्यालाप, नुफिन फेनारागन गरी १ हजार सेट बरामद गरेको हो ।

उनीहरुले ५ केजीको बाल्टीमा भने २५०÷२५० वटा गरी ५ सय सेट, दुई वटा जेब्रा झोलामा डाइज्यालाप, नुफिन र फेनारागन गरी १ सय सेट ल्याएका थिए । प्रहरीले उनीहरुको साथबाट ल्यापटप, गाजा पेल्ने मेसिन पनि बरामद गरेको छ ।

बरामद भएको लागू औषधको बजार मूल्य २३ लाख रुपैयाँ बराबरको रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार सार्वजनिक गरेको छ ।