बैदेशिक रोजगारीका नाममा ठगी गर्ने कन्सल्टेन्सी संचालक पक्राउ (घटना विवरण सहित)

0
Shares

काठमाडौं । बैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भनी लाखौं रकम ठगी गर्ने सुनौलो प्रकाश कन्सल्टेन्सका संचालक आर्यन लामालाई मंगलबार टेकुबाट प्रहरीले पक्राउ गरेको हो ।

घटना विवरण 
खोटाङ निर्मलीडाँडा -१ घर भएका निरकाजी बस्नेत समेत ४ जनालाई काठमाण्डौको सामाखुसीमा रहेको सुनौलो प्रकाश कन्सल्टेन्सीका संचालक आर्यन लामा लेस्पेन र पोर्चुगलमा रोजगारीको लागि पठाउने भनी हरिकाजी बस्नेतबाट जम्मा रु.३३ लाख लिई रोजगारीमा नपठाई रकम माग गर्दा स्वर्ण लक्ष्मी बहुउद्देश्यीय सहकारी र लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाको चेक दिई सो खातामा मौज्दात नराखी ठगी गरेको भनी हरिकाजी बस्नेतले जाहेरी दिएकोले यस महाशाखाबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा निज आर्यन लामालाई मिति २०७४।११।२२ गते काठमाण्डौ टेकुबाट पक्राउ गरेको ।

अनुसन्धानको क्रममा निज आर्यन लामाले दोलखा घर भएका मोहन प्रधान र कारसाङ तामाङलाई समेत कतार एयरवेजमा काम लगाउने भनी विश्वास दिलाई जम्मा रु.३ लाख ५० हजार लिएकोमा नपठाई निज पिडितहरुलाई समेत उल्लेखित सहकारीहरुको चेक दिएकोमा रकम भुक्तानी लिन जाँदा सो सहकारीहरुको खाता नै बन्द गरेको बुझिन आएको । निजले अन्य व्यक्तिहरुलाई ठगी गरेको सम्बन्धमा यस महाशाखाबाट आवश्यक अनुसन्धान जारी रहेको ।

निज आर्यन लामालाई ठगी गरेको सम्बन्धमा थप अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाईएको ।

कानूनी सजायको व्यवस्था
मुलुकी ऐन ठगी महल अनुसार ठगी गर्ने व्यक्तिलाई कसुरको मात्रा हेरी ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ ।
पक्राउ परेको व्यक्ति :-
१. नाम :- आर्यन लामा
उमेर :- ३१ बर्ष
स्थायी ठेगाना :- जिल्ला मकवानपुर भिमफेदी -१०
हाल का.जि.का.म.न.पा. -३