पार्कमा नेपालीहरुले जताततै फोहोर फालेपछि अष्ट्रेलियाका मेयर यसरी रिसाए

0
Shares

एजेन्सी ।  नेपालीहरुले गत सप्ताहन्तमा अष्ट्रेलियाको रकडेलस्थित बाइसेन्टेनियल पार्कमा गरेको कार्यक्रममा  जताततै फोहोर फालेर छोडेपछि बेसाइड मेयर बिल साराभिनोभ्स्की क्रोधित बनेका छन् ।

उनले सो पार्कलाई डम्पिङ साइट बनाउन खोजेको भन्दै आयोजकको आलोचना गरेका छन् । हजारौंको संख्यामा स्वयम्सेवकहरु आइतबार बिहान वाषिर्क ‘क्लीन अप अष्ट्रेलिया’ दिवस मनाउन स्थानीय सरकारी क्षेत्रहरुमा निस्केका थिए । त्यतिबेला नै उनीहरुले बाइसेन्टेनियल पार्कमा जताततै फोहोर फालिएको देखे ।

त्यसपछि इरेट रकडेलका बासिन्दाहरुले बेसाइड काउन्सीलमा यसको विषयमा उजुरी गरे । उनीहरुले केही स्थानीय मिडियालाई पनि लगेका थिए । एक दिनअघि शनिबार सो स्थानमा नेपालीहरुले कार्यक्रम गरेको बुझिएको छ । उनीहरुमध्ये केही आइतबार सरसफाईमा सहभागी भएका थिए ।

मेयरले सार्वजनिक स्थानहरुमा हुने ठूला कार्यक्रमहरुका लागि लिइने शुल्कमा तत्काल पुनरावलोकन गर्ने बताएका छन् ।