मोटरसाइकल दुर्घटनमा खगेन्द्र राईको ज्यान गयाे

0
Shares

झापा । सोमबार राति मोटरसाइकल दुर्घटनामा परी एकजना शसस्त्र प्रहरीको मृत्यु भएको छ । झापाको कचनकवल गाउँपालिका–१ पोकलाबानस्थित घेराबारी–राजगढ भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको हो ।

घेराबारीबाट राजगढतर्फ आउँदै गरेको बा ९३ प १८५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार संखुवासभाको सभापोखरी घर भइ शसस्त्र प्रहरी बल घेराबारीमा कार्यरत् २५ वर्षीय खगेन्द्र राईको मृत्यु भएको छ । राईको उपचारका क्रममा बिर्तामोडको बी एण्ड सी हस्पिटलमा राति १२ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकल चालक झापा कचनकवल–८ घर भइ शसस्त्र प्रहरी बल बकरी मोरङमा कार्यरत् २५ वर्षीय हर्ककुमार राजवंशी घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । घाइतेको बी एण्ड सी हस्पिटलमै उपचार भइरहेको छ । राति मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।