फेसबुक काण्डले विद्यार्थी हत्या

0
Shares

काठमाडौं । फेसबुक ग्रुपमा ‘एड’ गरेपछि भएको विवादका कारण काठमाडौंमा एक विद्यार्थीको हत्या भएको छ। गोंगबुस्थित गणेश हिमाल इंग्लिस बोर्डिङ स्कुलमा १० कक्षामा पढ्ने कुमार बर्देवाको हत्या भएको हो।

तीन हप्ताअघि उनको शव बालाजु फूलबारीमा रहेको सैनिक ब्यारेक नजिक फेला परे पनि पहिचान हुन सकेको थिएन। प्रहरी अनुसन्धानले उनको हत्या स्कुलकै साथीहरुबाट भएको पुष्टि गरेको छ।

महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी विश्वराज खड्काका अनुसार सो स्कुलका विद्यार्थीहरुले फेसबुकका ग्रुप बनाएका थिए। बर्देवालाई पनि सोही ग्रुपमा जोडेपछि विवाद बढ्दै गई उनको हत्या भएको हो।

हत्यामा संलग्न भएको आरोपमा ८ जना पक्राउ परेका छन्। घटनाको थप अनुसन्धान भइरहेको खड्काले बताए।