हेटाैंडामा पहिलो पटक नानी संकलन

0
Shares

हेटाैंडा। हेटौंडामा पहिलो पटक आँखाको नानी संकलन गरिएको छ । हेटांैडा–४ निवासी विकास श्रेष्ठ र प्रकाश श्रेष्ठले आफ्ना पिता स्व. रामकृष्ण श्रेष्ठको आँखाको नानी दान गरेका हुन् ।

मानिसको मृत्युपश्चात् जलेर खरानी हुने आँखाको नानी दान गरी दृष्टिविहीनलाई दृष्टि प्रदान गर्न लायन्स क्लब अफ इन्टेलेक्टुअल अध्यक्ष गणेशकुमार श्रेष्ठको सल्लाहअनुसार आफ्नी आमाको स्वीकृति लिएर दान गरिएको जेठा छोरा विकासले बताउनुभयो ।

हेटौंडा सामुदायिक आँखा अस्पतालका प्राविधिकले नानी संकलन गरी अस्पतालमा राखेका छन् । उक्त नानी आवश्यक अन्य दृष्टिविहीनलाई प्रत्यारोपण गर्न तिलगंगाा आँखा प्रतिष्ठान काठमाडौं लगिने छ ।