एमाले स्थायी समितिको बैठक भोलि

0
Shares

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा (एमाले) को स्थायी समितिको बैठक भोलि मंगलबार साँझ ४ः०० बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भएको छ ।
समसामयिक राजनीतिक घटनाक्रम सरकार विस्तार नेकपा (मओवादी) केन्द्रसँगको पार्टी एकताका विषयमा छलफल गर्न मंगलवार स्थायी समितिको बैठक आह्वान गरिएको हो । बैठकमा राष्ट्रपतीको उम्मेदवारका विषयमा पनि छलफल हुने बुझिएको छ ।
पार्टी एकताको निम्ती बनेका कार्यदलहरुले गरेको कामको प्रगति र दुई पार्टीको बीचमा भएका कार्य प्रगतिको बारेमा स्थायी कमिटीको बैठकमा जानकारी गराउने एक नेताले बताए ।
२३ गते राष्ट्रपती पदको उम्मेदवारी दर्ताको कार्यक्रम रहेकाले सो सम्बन्धमा ठोस निर्णय स्थायी समितिको बैठकले गर्ने अपेक्षा गरिएको छ ।