पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौंमा, टुँडिखेलमा गार्ड अफ अनर दिइने

0
Shares

काठमाडाैं । पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासी काठमाडौं आइपुगेका छन्। अब्बासीलाई सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर दिइने भएको छ। पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई गार्ड अफ अनर दिने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रम छ।

टुँडिखेलमा गार्ड अफ अनर दिइने पहिलो विदेशी पाहुना पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासी हुने भएका छन्। यसअघि विदेशी पाहुनालाई त्रिभुवन विमानस्थलमा गार्ड अफ अनर दिने चलन थियो।

उनलाई पाँच बजेपछि सैनिक मञ्चमा सेनाको एक टुकुडीले सलामी दिने कार्यक्रम रहेको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए।

गार्ड अफ अनरमा समकक्षी जानुपर्छ। विदेशी पाहुना आउँदा गार्ड अफ अनर दिन हाम्रा राष्ट्रपति/प्रधानमन्त्री विमानस्थल जानु व्यवहारिक नहुने भएकाले सरकारले सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर दिने निर्णय गरेको हो।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नेछन्। ओलीले अब्बासीको सम्मानमा रात्रीभोज आयोजना गरेका छन्। प्रधानमन्त्री अब्बासी भोलि स्वदेश फर्कने कार्यक्रम छ।