मनलाग्दी सडक विस्तारले प्यूठानका सामुदायिक वन ध्वस्त



सलिम अन्सारी, प्यूठान । प्यूठानमा जथाभावी रुपमा सडक विस्तार गरिंदा सामुदायीक वनको अस्तीस्व मेटीन थालेको छ ।

सरुमारानी गाउँपालिकाभित्र पर्ने सामुदायिक वनहरु ध्वस्त हुनेगरी सडक निर्माण भएको छ । प्रारम्भिक वातावरणीय परिक्षण र वन विभागबाट स्विकृत नलिई सडक निर्माण गरेपछि जिल्ला वन कार्यालय प्यूठानले निर्माण कार्य रोकेको जनाएको छ।

सडक डिभिजन कार्यालय प्यूठान अन्तर्गत निमार्ण गर्न लागिएको बडडाँडा–ऐरावती सडकको निर्माण कार्य १ वर्षदेखि रोकिएको वन कार्यालयले जनाएको छ। सडक निमार्णबाट एक करोड मूल्य वरावरको सालका काठहरु मासिने देखेपछि वन कार्यालयले सडक निमार्ण रोकेको हो । स्थानियले वन संरक्षण गर्दै सडक विस्तार गर्नुपर्ने बताउँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्