कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी



Photo: THT

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलकाे नेतामा पार्टी सभापति शेरबहादुर देउवा विजयी हुनु भएकाे छ ।

संसदकाे कूल ६३ मत मध्ये सभापति देउवाले ४४ मत प्राप्त गर्नु भएकाे छ । प्रतिद्वन्दी प्रकाशमान सिंहले १९ मत प्राप्त गर्नु भएकाे छ ।  निर्वाचनमा प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३  सांसदले मतदान गरेका थिए ।

अालाेचना र विभिन्न अड्कलबाजीकाे बाबजुत सभापति देउवा  नै दलकाे नेता बनेपछि उहाँलार्इ बधार्इ  दिन संसदीय दलकाे कार्यालयमा नेता तथा कार्यकर्ताकाे भीड लागेकाे छ ।

सभापति तथा नवनिर्वाचित दलका नेता देउवाले अाजै सांसदहरूलार्इ निर्देशन दिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्